 
	    बिराज रोस्यारा
कैलाली । आफ्नो देशमा नजिक विद्यालय नभएका कैलारी गाउँपालिका–७ हौसलपुर गाउँका बालबालिकाले भारतीय विद्यालयबाट शिक्षा प्राप्त गर्दै आएका छन् । नेपालीपन र नेपाली भाषासंग टाढा रहेका उनीहरु सानैदेखि हिन्दी भाषा र भारतीय राष्ट्रियगानमा अभ्यस्त छन् । उनीहरुलाई नेपाली भाषा बुझ्न र बोल्न समस्या रहेको छ ।
सानैदेखि भारतको विद्यालयमा हिन्दी भाषामा पढेकाले नेपाली भाषा थाहा नभएको बताउदै भारतको बेलापरसुवा स्थित सरस्वती शिशु विद्या मन्दिर कक्षा १० मा अध्ययरत गीता चौधरीले अहिले नेपाली भाषा सिक्दै गरेको पहिलो पटक सिकिरहेकाले अलि गाह्रोलागेको बताउनु भयो । आफ्नो गाउँमा विद्यालय नभएको र नदी, बाटाघाटाका कारण अन्यत्र जान नसकिएकाले भारतको विद्यालयमा अध्ययन गर्न बाध्य रहेको उहाँले गुनासो गर्नुभएको छ ।
हौसलपुरका विद्यार्थी, युवायुवतीदेखि लिएर अर्धवैसे समेतले नेपाली भाषा सिकिरहेका छन् । आफ्नै मुलुक र नेपालीपनबाट केही टाढा तर, भारतीयपनसंग नजिक उनीहरुलाई नेपाली भएको महसुस गराउन र सेवा सुविधामा सहजताका लागि कैलारी गाउँपालिकाको कार्यालयले नेपाली भाषाको प्रशिक्षण दिन थालेको हो । नेपाली भाषा सिक्न आएकाहरुलाई उनीहरुकै स्थानीय परिवेशको कुरा र सरकारी कार्यालयमा बोलिने कुरा सिकाउने गरेको प्रशिक्षक परशुराम खनालले बताउनुभयो ।
हौसलपुरवासीले नेपाली भाषा नबुझ्दा र नबोल्दा बैङ्कसहित सरकारी कार्यालयमा कामकाज गराउन उनीहरुलाई समस्या हुने गरेको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताउनु भयो । नेपाली भएर नेपालि भाषाको ज्ञान नहुनु तथा नेपालको स्कुलबाट शिक्षा लिन नपाउनु हौसलपुरका स्थानियलाई दुखको बिषय हो । यसमा सम्बन्धीन निकायको ध्यान जान जरुरी देखिन्छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्