
एजेन्सी । भारतमा कोरोना संक्रमित बाबुको उपचार गर्न नसकेपछि एक छोराले दुखी भएर सुई लगाएर आफ्नो बुबालाई मारिदिन भनेका छन् ।
महाराष्ट्रका ७१ वर्षीय वृद्ध आफ्नो बुबाको उपचारका लागि एम्बुलेन्समा अक्सिजन लगाएर अस्पतालको खोजीमा तीन दिन सम्म भौतारिदासम्म पनि बेड नपाएपछि उनका छोराले दुखी भएर बरु सुई लगाएर मारिदिन भनेका हुन् ।
उनीले आफ्नो बुबाको उपचार हुन्छ कि यति भनेपछि भनेर यस्तो भनेका हुन् तर पनि उनले बेड पाउन सकेनन् । भारतमा कोरोना संक्रमणले भयावह अवस्था सिर्जना गरेको छ । अस्पतालहरु बिरामीले भरिभराउ छन् । अस्पतालमा बेड र स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ ।
महाराष्ट्रका सागर नारशेट्टीबारले बाबुको उपचारका लागि महाराष्ट्रका साथसाथै छिमेकी राज्यहरुमा समेत चक्कर लगाए । तर कतै उनीहरुले उपचारका लागि अस्पतालमा बेड पाउन सकेनन् ।
जुनै अस्पतालमा लगेपनि एउटै जवाफ आउँछ ‘बेड खाली छैन्’ । बिरामीका छोरा सागरले भने, ‘तीन दिनदेखि अस्पतालमा बेड पाउन भौतारिरहेको छु सरकारी तथा निजी कुनै अस्पतालमा एउटा पनि बेड पाइएन् ।’
एम्बुलेन्समा तेलगंनाको मंचेरियालसम्म गयौं तर त्यहाँ पनि बेड पाइएन् । भौतारिदा भौतारिदै उनीहरु चन्द्रपुर कोभिड अस्पताल अगाडि एमबुलेन्स राखेर प्रशासनलाई गुहार्न पुगे । बिरामीले अस्पतालमा भर्ना त लियो तर बेड पाइएन । सागर भन्छन्, ‘बुबाको हालत यस्तो खराब छ, घर लान पनि सकिन्न् ।’
कोरोना भाइरसको दोस्रो लहरले भारतको अवस्था निकै खराब छ । कोरोनाबाट सबैभन्दा प्रभावित महाराष्ट्र छ । जहाँ संक्रमण नियन्त्रणका लागि कर्फ्यु लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्