
काठमाडौं, साउन ९ । ऊर्जामन्त्री वर्षमान पुन र नेपालका लागि एसियाली विकास बैंकका आवासीय प्रतिनिधि मुखतोर खामुडखानोभबीच भेटवार्ता भएको छ ।
बुधबार सिंहदरबारमा भएको भेटवार्तामा ऊर्जा क्षेत्रमा एसियाली विकास बैंकको सहयोगमा सन्चालित आयोजनाहरुको प्रगतिबारे छलफल भएको थियो ।
ऊर्जा क्षेत्रमा हालसम्म भएको प्रगतिबारे जानकारी गराउँदै खामुडखानाले ऊर्जा क्षेत्रमा थप सहयोग गर्न एडीबी तयार रहेको जानकारी गराएको मन्त्रालयले जनाएको छ ।
वागमती सिंचाइ परियोजनामा एडीबीले ५० मिलियन सहयोग गरिसकेको जानकारी दिँदै वाग्मती ड्याम निर्माणमासमेत सहयोग गर्ने प्रतिबद्धता एडीबीले गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्