
भैरहवा, साउन ९ । भैरहवा भन्सार कार्यालय बेलहियाले आर्थिक वर्ष ०७४/०७५ मा लक्ष्यको तुलनामा कम राजश्व संकलन गरेको छ ।
कार्यालयले लक्ष्यभन्दा १४ प्रतिशत कम राजश्व संकलन गरेको हो ।
८१ अर्ब ४३ करोड ७८ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले ७० अर्ब ८ करोड २४ लाख असुली गरेको भन्सार अधिकृत कलिराज पौडेलले जानकारी दिए ।
कार्यालयले आर्थिक वर्ष २०७३/०७४ मा भने लक्ष्यभन्दा ८.५ प्रतिशत बढी असुली गरेको थियो ।
विगतको तुलनामा कार, जीप र भ्यानको आयात घट्दा राजश्व असुली कम भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्