१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


सेयरबजारको वृद्धि टिक्न सकेन


0
Shares

काठमाडौं, साउन ९ । पछिल्ला दुई दिन सुधारिएको सेयरबजार बुधबार पुनः ओरालो लाग्यो । कारोबार पनि उल्लेख्य दरले खुम्चियो ।

जलविद्युत् र उत्पादनमूलक समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

निर्जीवन बिमा सबैभन्दा उच्च ८० अंकले झर्‍यो । जीवनबिमा समूह पनि २८ अंकले ओरालो लाग्यो । होटल समूहमा पनि २० अंकको गिरावट आउँदा अरु समूह भने सामान्य अंकले रातो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीका ६ लाख २९ हजार कित्ता सेयर १६ करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।