
एजेन्सी । भारतीय अभिनेता टाइगर श्राप विभिन्न स्टण्ड र फिटनेसका कारण चर्चामा छन् । उनी युवाहरुबीच लोकप्रिय छन् ।
उनी कठिन स्टेप र स्टण्ट पनि सजिलै गर्दछन् । त्यसैले पनि उनी चर्चित बनेका हुन् । । यो उनले त्यसै हाँसिल गरेको हैन। उनको कठिन मेहनेतका कारण नै उनले हर स्टण्ड र स्टेप सजिलै गर्न सकेका हुन् ।
टाइगरका ट्रेनर राजेन्द्र ढोलेका अनुसार उनी दैनिक १२ घण्टासम्म ट्रेनिङ गर्छन् । उनी सधै केही नयाँ स्टेपहरु गर्ने कोसिस गरिरहेका हुन्छन् । जिममा विषेशगरी उनी शरीर फिट राख्ने खालका एक्सरसाइजहरु गरिरहेका हुन्छन् ।
शुटिङको काम बाहेक उनी हर दिन वेट लिफ्टिङ, फिक्स, जिमनेस्टिङमा आफ्नो समय बिताउँछन् ।
साथै उनी आफ्नो खानामा पनि विशेष ध्यान राख्दछन् । टाइगर बेला बेला आफू पनि एक्सरसाइज अथवा कुनै स्टण्ड गरिरहेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् ।
उनले हिरोपन्थी २, बागी ४, गणपातलगायत फिल्म खेलिसकेका छन् । टाइगर अहिले दिशा पाटनीसँग प्रेममा छन् ।
प्रतिक्रिया दिनुहोस्