गाई दूहेर फर्कंदै गरेका नेपाली मूलका बर्मेलीको सेनाद्वारा गोली हानी हत्या « Imagekhabar – Online News Portal of Nepal


गाई दूहेर फर्कंदै गरेका नेपाली मूलका बर्मेलीको सेनाद्वारा गोली हानी हत्या


0
Shares

एजेन्सी । म्यानमारमा दुई जना नेपाली मूलका बर्मेलीको सेनाले हत्या गरेको छ । बर्मेली शहर टमुमा गोठ गएर गाइको दूध दुहेर घर फर्कदै गरेका किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमलाई सेनाले गोली हानी हत्या गरेको हो ।

बर्मामा रहेका नेपाली पत्रकार दीपक भट्टराईले बर्मामा दुई नेपालीको हत्या भएको आफ्नो ट्विटरमा लेख्नु भएको छ । म्यानमारमा अहिलेपनि हजारौं नेपाली गाई पालेर दूध, दही, घ्यु बेचेर जीविका चलाउँछन् ।

यस अघि चिनियाँ सीमा नजिकै गहना बनाउने अर्का नेपाली मूलका एक जनाको हत्या गरी सेनाले शव परिवारलाई बुझाएको थियो ।

सैन्य कू विरुद्ध चलेको आन्दोलनमा म्यानमारमा सेनाले हालसम्म ७ सय १४ जनाको हत्या गरिसकेको छ । ३ हजार ५४ जना सैनिक हिरासतमा छन् भने ७ सय १७ जनालाई पक्राउ पूर्जी जारी गरिएको छ ।

गत १ फेब्रअरीका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेतालाई थुनामा राखेको छ । सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ ।