Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


सडक साघुराे हुँदा एम्बुलेन्सलाई आवतजावत गर्न सकस


0
Shares

टेकराज अवस्थी

डडेल्धुरा । तराई पहाड जोड्ने नौ जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकाममा रहेको महाकाली राजमार्गमा दार्चुला गोकुलेश्वर, बैतडी जिल्ला, बझाङ्ग जिल्ला लगायत डडेल्धुराका बिभिन्न स्थानबाट बिरामीलाई थप उपचारका लागि लैजान आउने जाने एम्बुलेन्सलाई डडेल्धुरा सदरमुकाममा सडक साँघुरो हुँदा जाममा परेर बिरामीलाई सास्ती व्यहोरनु परेको छ ।

महाकाली राजमार्गमा दैनिक र पटकपटक जाम हुँदा आवतजावत गर्ने यात्रु बाहक, मालबाहक गाडी, स्थानीय यातायात साधनहरु, कार्यालयका साधनहरु लगायत व्यक्तिगत यातायातका साधनहरु घण्टौं जाम हुन थालेपछि सदरमुकाम बजार अस्तव्यस्त हुन थालेको बरिष्ठ पत्रकार मान बहादुर साउँदको भनाई छ ।

सर्बसाधारणको सास्तीलाई उजागर गर्दै सडक बिस्तार र स्तरोन्नती गर्न वर्षौं देखिको दबाब भएपनि कुनै पनि निकायले ध्यान नदिंदा साँघुरो सडकबाट आवतजावत गर्ने सबैलाई यात्रा कष्टकर भइरहेको स्थानीय बताउँछन ।

बिभिन्न स्थानीय तहहरु सँगै डडेल्धुरा भएर जोडिने महाकाली राजमार्गको दुराबस्थाले बैतडी दार्चुला पुग्ने दशरथचन्द राजमार्ग, बझाङ जाने जयपृथ्बी राजमार्ग, डोटी हुँदै बाजुरासम्म पुग्ने डा.केआई सिंह राजमार्गको प्रबेशद्वार रहेको उक्त सडकमा संघिय राजधानी काठमाडौंका सम्मका रात्री एवं दिवा सेवामा यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सेवाग्राही सबैका लागि जोखिम मोल्नु पर्ने बाध्यता रहेको छ ।