२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दसैंमा साढे १२ अर्बको नयाँ नोट साटियो, केरमेट नगर्न, रङ नलगाउन आग्रह


0
Shares

काठमाडौं, असोज १९ । नेपाल राष्ट्र बैंकले नोटको प्रयोग गर्दा सचेतना अपनाउन आग्रह गरेको छ ।

नोटमा केरमेट नगर्न, रङ नलगाउन तथा नोटको आकार नबिगार्न बैंकले सर्वसाधारणमा आग्रह गरेको हो ।

नोटमा केरमेट गरेमा, रङ लगाएमा वा नोटको आकार बिगारेमा कारबाही हुने भन्दै केन्द्रीय बैंकले सचेत पनि गराएको छ ।

यस्तै, नोट झुत्रो वा अक्षर नचिनिने बनाउन नहुने पनि केन्द्रीय बैंकले जनाएको छ ।

यस्तो गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवान हुने कानुनी व्यवस्था रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

राष्ट्र बैंकले यो वर्षको बडादसैंमा नयाँ नोट साट्नेहरुलाई जनही १८ हजार ५०० सम्म विभिन्न दरका नयाँ नोट उपलब्ध गराएको थियो ।

गत वर्षको दसैंमा राष्ट्र बैंकले १२ अर्बको नयाँ नोट साटेको थियो । यो वर्ष पनि साढे १२ अर्बको नोट सटही भएको बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले सबै राष्ट्रिय चाडपर्वमा नयाँ नोट उपलब्ध गराउने नीतिगत व्यवस्था गरे पनि हाल भने दसैंमा मात्र नयाँ नोट साट्ने व्यवस्था गर्दै आएको छ ।