बिराज रोस्यारा (इमेज)
कैलाली, असोज १९ । तराईको बहुप्रतिक्षीत हुलाकी राजमार्गको धनगढी–हसुलिया सडकखन्डमा समस्या देखिएको छ ।
एकातिर सडक निर्धारित् समयमा पूरा हुन सकेको छैन भने अर्कोतिर निर्माण भइसकेको सडक पनि बिग्रेर पुनःनिमाण गर्नुपर्ने अवस्थामा पुगेको छ ।
केही वर्षअघिमात्र कालोपत्र गरिएको धनगढी–हसुलिया सडकखन्डको विभिन्न स्थानमा सडक भत्किएपछि समस्या उत्पन्न भएको हो ।
धनगढी, बेली, कनरी, फूलबारीलगायतका क्षेत्रमा कालोपत्र फुटेर ठूल्ठूला खाल्डो परे पनि नियामक निकायको बेवास्ता हुँदा स्थानीय समस्यामा परेका हुन् ।
कालोपत्र भएको हुलाकी सडक विभिन्न ठाउँमा भत्किएपछि आवतजावतमा समस्या भएको धनगढी उपमहानगरपालिका–७, बेलीका स्थानीय गणेश भण्डारी बताउँछन् ।
धनगढी उपमहानगरपालिकाको मनहेरादेखि खेदासम्म सबैभन्दा बढी खाल्डाखुल्डी परेको छ भने सडकमा रहेका अधिकांश कल्भर्ट फुटेर सरिया निस्केको छ ।
सडकको दुरावस्थाका कारण दुर्घटनाको जोखिम बढेको रिक्साचालक राकेश धामीको गुनासो छ ।
सन् २०१० देखि कैलालीमा हुलाकी सडक निर्माणकार्य सुरु भएको थियो ।
पहिलो चरणमा धनगढीदेखि कैलारी गाउँपालिकाको कटैनी नदीसम्म भारतीय निर्माण कम्पनी जीआर गाभरले सडक निर्माण गरेको थियो ।
भत्केको सडक मर्मतका लागि ठेक्का भइसकेको हुलाकी सडक निर्माण आयोजनाका इन्जिनियर चन्द हमालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्