धनकुटा, असोज १९ । धनकुटामा यो वर्ष भेडाको मूल्य आकासिएको छ ।
भेडापालन व्यवसाय लोप हुँदै गएसँगै भेडाको मूल्य आकासिएको हो ।
ठकुरी तथा मगर समुदायमा बडादसैंमा पूजा गर्न एउटै रङको भेडा आवश्यक पर्छ । तर, भेडापालक किसानले एउटै रङको भेडालाई महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् ।
एउटै रङको १० किलोसम्मको भेडालाई ३० हजार रुपैयाँसम्म खर्च गर्नुपरेको स्थानीय बताउँछन् ।
अरु भेडासमेत प्रतिकिलो एक हजारदेखि दुई हजार रुपैयाँसम्ममा किनबेच हुने गरेको छ ।
धनकुटामा व्यावसायिकरुपमा पालन नहुने भेडा चाडवाडमा तेह्रथुम, संखुवासभाबाट आयात गर्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्