हनुमानढोकामा फूलपाती भित्र्याइयो (८ तस्वीर) • Image Khabar Image Khabar


हनुमानढोकामा फूलपाती भित्र्याइयो (८ तस्वीर)


Imagekhabar
१८ आश्विन २०७६, शनिबार १९:५४

हनुमानढोकामा फूलपाती भित्र्याइयो (८ तस्वीर)

काठमाडौं, असोज १८ । बडादसैंको सातौं दिन शनिबार हनुमानढोकास्थित दसैंघरमा फूलपाती धार्मिक विधिपूर्वक भित्र्याइएको छ ।

हनुमानढोका दरबार संग्रहालय विकास समितिको व्यवस्थापनमा गुर्जुको पल्टन, पञ्चेबाजाका साथमा सुरक्षाकर्मीसहित टोलीले आज गोरखाबाट जमलमा ल्याइएको फूलपाती हनुमानढोकास्थित दसैंघरमा भित्र्याइएको हो ।

फूलपाती भित्र्याउने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसहित निजामती सेवाका कर्मचारी र विभिन्न देशका कूटनीतिज्ञको सहभागिता थियो ।

गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीले र जीवनपुरबाट जमल (त्रिचन्द्र क्याम्पस परिसर)सम्म काठमाडौंबाट गएका प्रतिनिधिले फूलपाती ल्याउने चलन छ ।

निकै रमाइलो देखिने उक्त समारोहमा नेपाली सेनाले तोप पडकाएर हर्षबढाइँसमेत गरेको थियो ।

शुभसाइतको प्रतीककारुपमा केराको बोट, दारिम, धानको बाला, हलेदो, मानवृक्ष, उखु, बेलपत्र, अशोकको फूल र जयन्तीलाई भित्र्याइन्छ ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुन्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको प्रतीककारुपमा पूजा गरिन्छ । रासस

हनुमानढोकामा फूलपाती भित्र्याइयो (८ तस्वीर)

हनुमानढोकामा फूलपाती भित्र्याइयो (८ तस्वीर)

हनुमानढोकामा फूलपाती भित्र्याइयो (८ तस्वीर)

हनुमानढोकामा फूलपाती भित्र्याइयो (८ तस्वीर)

हनुमानढोकामा फूलपाती भित्र्याइयो (८ तस्वीर)

हनुमानढोकामा फूलपाती भित्र्याइयो (८ तस्वीर)

हनुमानढोकामा फूलपाती भित्र्याइयो (८ तस्वीर)

प्रतिक्रिया दिनुहोस्