काठमाडौं, असोज १८ । विगतमा जस्तै यस आर्थिक वर्षमा पनि पुँजीगत खर्चको अवस्था निराशाजनक हुने संकेत देखिएको छ ।
चालू आर्थिक वर्षको भदौ महिनासम्म तीन प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार यस अवधिसम्म साढे दुई प्रतिशतमात्रै खर्च भएको छ । जबकि, चालू खर्च १५ प्रतिशत पुगिसकेको छ ।
दुई महिनामा चालू खर्च एक खर्ब ४४ अर्ब रुपैयाँ भइसकेको छ भने पुँजीगत खर्च १५ अर्ब ४१ करोडमात्रै देखिएको छ । जुन सरकारको लक्ष्यको दुई प्रतिशतमात्रै हो ।
समयमै आयोजना छनोट हुन नसक्दा र सरकारले सुशासन कायम गर्न नसक्दा विकास खर्च हुन नसकेको अर्थविद् केशव आचार्यको भनाइ छ ।
सरकार बलियो हुनुपर्ने र विकासे आयोजनालाई ध्यान दिनुपर्ने उनको सुझाव छ ।
कुनैपनि विकास आयोजना समयमै सम्पन्न गर्न प्रभावकारी अनुगमन गर्नुपर्ने अर्थविद् आचार्यको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्