१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


विजयादशमीमा सनराइज बैंकको निःशुल्क बस सेवा


0
Shares

काठमाडौं, असोज १८ । बडादसैंको अवसरमा सनराइज बैंकले निःशुल्क बसयात्राको सुविधा दिने भएको छ ।

बैंकले  आफ्नो  १२औं वार्षिकोत्सवका अवसरमा नेपालीहरुको महान् चाड दसैंको टीकाको दिन निःशुल्क बस सेवा सन्चालन गर्न लागेको जनाएको हो ।

बैंकले काठमाडौंका दुईओटा रुटमा बस सेवा सन्चालन गर्ने जनाइएको छ ।

बूढानीलकन्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुटमा यो सेवा दिइने बैंकले जनाएको छ ।