
काठमाडौं, चैत २९ । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रम तीब्र रहेको छ ।
आइतबार ३६७ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार १२५ पीसीआर परीक्षणबाट तीन सय तीन जना र ६ सय ९० एन्टिजेन परीक्षणबाट ६४ जनामा संक्रमण देखिएको हो ।
थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १५४ जना हुन् ।
जसमा काठमाडौंका १२८, ललितपुरका १५ तथा भक्तपुरका ११ जना हुन् ।
आइतबार १४१ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो चार दिनमा १४ हजार पीसीआर परीक्षणमा १ हजार २ सय ६० जना संक्रमित थपिएका छन् ।
हाल २९ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्