
इलाम । इलाम बजारमा संचालित अधिकांस मासु पसलहरु सरकारले तोकेको मापदण्ड विपरित संचालनमा रहेको पाइएको छ ।
इलाम नगरपालिकाको नेतृत्वमा इलाम बजारका १९ वटा मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरित मासु पसल संचालन गरेको पाइएको होे ।
नगरपालिकाकी उपमेयर सुशीला नेम्वाङको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको पशुसेवा शाखा र जिल्ला प्रहरी कार्यालय इलामका प्रतिनिधिले अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा केही मासु पसलमा हतियारमा खिया लागेको पाइएको थियो भने कतै पानीको अभावले अचानो राम्ररी नपखालेको पाइएको थियो ।
नगरपालिका पशुसेवा शाखाका वरिष्ठ पशु विकास अधिकृत सुरेन्द्र खरेलले जिल्लामा सञ्चालित अधिकांश मासु पसल सरकारले तोकेको मापण्ड विपरित सञ्चालन भएको बताएका छन् ।
जिल्लामा पशु बध गर्ने निश्चित स्थान नभएको, पसलमा मुल्य सूची नराखिएको, बधशालामा आवश्यक सबै सामग्री नराखिएको, मासु राख्नका लागि फ्रीज राखिएपनि फ्रीजमा करेन्ट नै नआउने गरेको समेत पाइएको थियो ।
यस्ता मासु पसलेलाई एक पटक चेतावनी दिएर छाडिएको अधिकृत खरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्