Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


‘आर्थिक रुपान्तरण २०३०’ को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक– चन्द्र ढकाल


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउँदै समृद्ध मुलुक निर्माणका लागि महासंघको भिजन पत्रको रूपमा आएको आर्थिक रुपान्तरण २०३०ले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

ढकालले महासंघले तयार गरेको आर्थिक रुपान्तरण २०३० कार्यान्वयनका लागि सरकार सँगै सबै सरकोकारित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिका सम्बन्धमा आफूहरूले दिने सुझावलाई सरकारले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गर्नुभयो ।

ढकालले कोभिड–१९ का कारण पर्यटन, घरेलु, साना तथा मझौला उद्योग लगायत यातायात क्षेत्रमा ठूलो असर पुगेको र अहिले पनि जोखिम यथावत रहेकाले मानिसको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई जोगाएर काम गर्नुपर्ने स्थितितर्फ सबैलाई सचेत गराउनुभयो ।