Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सार्वजनिक बिदाको दिनपनि बैंक काउण्टर खोल्न राष्ट्र बैंकको निर्देशन


0
Shares

काठमाडौं, चैत २७ । नेपाल राष्ट्र बैंकले शनिवार र सार्वजनिक बिदाको दिन पनि काउण्टर खोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।

चैत मसान्तको राजस्व उठाउनुपर्ने भन्दै केन्द्रीय बैंकले सार्वजनिक बिदाको दिन पनि बैंक खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको हो ।

राजस्व तिर्ने सेवाग्राहीलाई बैंक बन्द हुँदा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै त्रैमासको अन्तिममा २५ गतेदेखि मसान्त सम्म बिदा वा शनिबार भए पनि राजस्व संकलन गर्ने शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै चेक क्लियरिङ गर्ने प्रयोजनका लागि सबै बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउस पूर्णरूपमा खुल्ला गरेर राजस्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सरकारले राष्ट्र बैंकलाई बैंकको शाखा खोलिदिन आग्रह गरेपछि २०७५ असार २६ देखि नै प्रत्येक त्रैमासमा बिदाका दिन पनि शाखाहरु खुल्न थालेका हुन् ।