गढिमाई नगरपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा • Image Khabar Image Khabar


गढिमाई नगरपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा


Imagekhabar
२७ चैत्र २०७७, शुक्रबार १६:४६

गढिमाई नगरपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा

बारा, चैत २७ । बाराको गढिमाई नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेको छ ।

त्यसका लागि दुई जना एम्बुलेन्स चालक चौबिसैं घण्टा तयारी अवस्थामा राखिएको र विरामीलाई वीरगञ्ज, चितवन र काठमाडौंसम्म पुर्‍्याउन खर्च पालिकाले ब्यहोर्ने जनाइएको छ ।

घातक रोग लागेका बिरामी र अति विपन्नहरुका लागि २५ हजारदेखी १ लाख रुपैयाँसम्म उपचार खर्च पनि पालिकाले उपलब्ध गराउने दाबी नगर प्रमुख उपेन्द्र प्रसाद यादवले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्