
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले किसानहरुलाई अनुदान रकम वितरण गरेको छ ।
गत वर्षदेखि शितगंगा नगरपालिकाले लागु गरेको उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमले वास्तविक साना किसानहरु उत्साहित बनेका छन् ।
गत आर्थिक वर्ष २०७५/७६ मा उत्पादन गरी सहकारीमार्फत विक्री वितरण गर्ने कृषि तथा पशुजन्य वस्तुका आधारमा नगरले ३ सय ५० जना उद्यमी किसानलाई ३० लाख ६० हजार रकम वितरण गरेको हो ।
दशैंको मुखमा नगरपालिकाबाट पैसा पाउँदा कृषकहरु खुशी भएका छन् ।
जिउँदो खसीबोका तौलका आधारमा सहकारी मार्फत विक्री गर्ने किसानलाई नगरपालिकाले प्रतिकिलो पचास रुपंैयाँका दरले अनुदान वितरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्