२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


३३२ जना कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, चैत २६ । नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार १०० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ७९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ ।

हाल देशभर २ हजार ४५४ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।