२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


शेयर बजार सकरात्मक, कारोबार भने न्यून


0
Shares

काठमाडौं । दशैको विदा शुरु अघिको अन्तिम दिनको कारोबार भने सकारात्मक रहेर थामियो । विहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले सुधारियो ।

तर कारोबार भने न्यून नै रह्यो । उतारचढाव बिच बजार परिसुचक नेप्से ८ अंकले सकारात्मक रहेर ११ सय ४९ पुग्यो ।

यसदिन कारोबार भएका सबैजसो समुहमा सुधार आएसँगै नेप्सेमा सुधार आएको हो । यसदिन उत्पादनमुलक समूहमा सबैभन्दा उच्च ८३ अंकको सुधार आयो ।

यस्तै होटल, विकास बैंक, बिमा र लघुवित्त समूह पनि दोहोरो अंकले उक्लिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५३ कम्पनीको ६ लाख ४७ हजार कित्ता शेयर जम्मा १७ करोड ६६ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।