काठमाडौं उपत्यकामा बेलुकी पानी पर्ने मौसम विभागको अनुमान • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा बेलुकी पानी पर्ने मौसम विभागको अनुमान


Imagekhabar
२६ चैत्र २०७७, बिहीबार ०८:१६

काठमाडौं उपत्यकामा बेलुकी पानी पर्ने मौसम विभागको अनुमान

काठमाडौं । काठमाडौं उपत्यकासहित केही पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

स्थानीय वायु, पश्चिमी वायु र तल्लो वायुमण्डलीय न्यूनचापीय प्रणालीको प्रभावका कारण बेलुकी हल्का वषर्काको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोको तुलनामा केही कम भए पनि काठमाडौं उपत्यका लगायतका आसपासका जिल्लामा लागेको तुँवालो अझै हट्न सकेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार उपत्यकाको न्युनतम तापक्रम ११ डिग्री हुँदा दिउँसो बढेर २८ डिग्री सेल्सियस सम्म पुग्ने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्