ट्राफिक प्रहरीलाई पाँच सय घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ « Image Khabar


ट्राफिक प्रहरीलाई पाँच सय घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ


Imagekhabar
२६ चैत्र २०७७, बिहीबार ०७:५८

काठमाडौं । ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सवारी चालक पक्राउ परेका छन् ।

बल्खु क्षेत्रमा बुधबार साँझ रोक्न निषेध गरेको स्थानमा ट्याक्सी रोकेकाले कारबाही गर्न खोज्दा ड्युटीमा रहेका ट्राफिक जवानलाई पाँच सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामेछापका २७ वर्षिय तीर्थ बहादुर रिजाल रहेका छन् । उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत कालिमाटीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्