माधवकुमार नेपाल लगायतका नेता अब पार्टीमा रहँदैनन्– कर्ण थापा « Image Khabar


माधवकुमार नेपाल लगायतका नेता अब पार्टीमा रहँदैनन्– कर्ण थापा


Imagekhabar
२६ चैत्र २०७७, बिहीबार ०६:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ओली पक्षीय नेता कर्णबहादुर थापाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका केही नेता अब पार्टीन नरहने बताउनुभएको छ ।

ईमेज टेलिभिजनको कार्यक्रम अलगधारमा कुराकानी गर्दै थापाले नेपाल लगायतका नेताले पार्टीको विधानविपरितका काम गरेकाले पार्टीमा नरहने बताउनुभएको हो । यद्यपि उहाँले पार्टी भने नफुट्ने दावी गर्नुभयो ।

थापाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै निर्वाचन गराउने बताउनुभयो । अहिलेको सरकार २ वर्षसम्म टिक्ने दावी गर्दै उहाँले अहिलेको सरकारले नै निर्वाचन गराउने जिकिर गर्नुभयो । हेर्नुहोस् थापासँग गरिएको कुराकानी

प्रतिक्रिया दिनुहोस्