१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सुनको भाउ एकै दिन तोलामा ११ सयले बढ्यो


0
Shares

काठमाडौं । सुनचाँदीको भाउ बढेको छ । एकै दिन तोलामा १ हजार १ सयले सुनको भाउ बढेको हो ।

आज सुन तोलाको ७० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ६९ हजार ८ सय थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा स्थानीय बजारमा पनि त्यसको असर परेको हो । सुनको भाउ बढेसँगै कारोबार घटेको व्यवसायीले बताएका छन् ।