३० असार २०८२, सोमबार | Tue Jul 15 2025


विद्यालय पुनःनिर्माणका लागि त्रिपक्षीय समझदारी


0
Shares

काठमाडौं, असोज १५ । विद्यालय पुनःनिर्माणका लागि त्रिपक्षीय समझदारी भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपीएस)बीच २४ ओटा विद्यालय पुनःनिर्माणका लागि समझदारी भएको हो ।

नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्ने जनाइएको  छ ।

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पिताम्बर घिमिरे, नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसें र युनओपीएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरेका छन् ।