Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


सुन तोलाको ८०० ले घट्यो


0
Shares

काठमाडौं, असोज १४ । दसैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु ६९ हजार २०० कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासंघले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजाबी सुन रु ६९ हजार ७०० मा खरिद–बिक्री भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा मंगलबार चाँदी प्रतितोला रु ८२५ मा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

पछिल्लो दुई/तीन महिनादेखि निकै उतार–चढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ । रासस