
एजेन्सी । म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता हत्याए यता भएका प्रदर्शनका क्रममा झण्डै ४ दर्जन बालबालिकाको ज्यान गएको सेभ द चिल्ड्रेनले जनाएको छ ।
सो संगठनका अनुसार अहिलेसम्म म्यानमारमा ४३ जना बालबालिकाको ज्यान गईसकेको छ भने सो अवधिमा मृत्यु हुनेको कुल संख्या ५३६ पुगेको छ ।
सैन्य कु विरुद्ध सडक प्रदर्शनमा उत्रिएका सर्वसाधारण्मा विरुद्ध सेनाले मनपरी आक्रमण गर्ने गरेको कतिपयका घरमै छिरेर हत्या गरिएको दाबी पनि गरिएको छ ।
गत साता माण्डले शहरमा मारिएकी सात वर्षिया बालिकाका परिवारले सेना घरमा पसेर आक्रमण गर्ने क्रममा दौडेर बाबुतिर जान लाग्दा गोली लागेर उनी मारिएको बताएका छन् ।
माण्डले शहरमै अर्का एक चौध वर्षिय बालक र रंगुनमा १३ बर्षिय बालक पनि घरभित्रै मारिएको जनाइएको छ ।
म्यानमारमा घाइते हुने बालबालिकाको संख्या पनि उल्लेख्य रहेको सेभ द चिल्ड्रेनले जनाएको छ ।
नौ महिने बालिकालाई समेत आँखामा रबरको गोली लागेको दाबी पनि सो संस्थाले गरेको छ ।
बालबालिकाले त्रासैत्रासमा बाँच्नु परेकोले म्यानमार बालबालिकाका लागि सुरक्षित स्थल नरहेको पनि सो संस्थाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्