२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


सभामुख महराले यौन दुर्व्यवहार गरेको घट्नाबारे शीर्ष नेताहरु छलफलमा, गृहमन्त्री सक्रिय


0
Shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

आइतबार साँझ संसद सचिवालयकै महिला कर्मचारीको कोठामा गएर दुर्व्यवहार गरेको समाचार बाहिरिएपनि सभामुख महराले त्यसको खण्डन गरेका थिए ।

पीडित भनिएकी महिलाले आफूमाथि सभामुखबाट दुर्व्यवहार भएको भिडियो भाइरल भएपछि भने आज उनले कानुन व्यवसायी र दलका नेताहरुसँग परामर्श गरेका छन् । 

यसैबीच प्रधामन्त्री केपी ओलीसँगको छलफलमा सभामुख महराले घटनाको छानविनका लागि पर्याप्त सहयोग गर्ने प्रतिवद्धता जनाएको बालुवाटार स्रोतले जनाएको छ ।

आजै गृहमन्त्री रामबहादुर थापाले गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग पनि परामर्श गरेका छन् ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले घटनाको निष्पक्ष छानविन गर्नका लागि सभामुख महराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।