२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


जंगली जनावरका कारण सवारी दुर्घटनाको जोखिम बढ्यो


0
Shares

सर्लाही । पूर्व–पश्चिम राजमार्गको सर्लाही र महोत्तरी खण्डमा पर्ने बाँके जंगलमा जंगली जनावरका कारण दुर्घटनाको जोखिम बढेको छ ।

दैनिक हजारौं सवारी साधन हिँड्डुल गर्ने सडकमा जंगली जनावरले एक्कासी सडक काट्दा जोखिम बढेको हो ।

बासस्थान र आहाराको खोजीमा राजमार्गमा दिनको समयमा बाँदर, हरिण, निलगाई तथा रातको समयमा बँदेललगायतका जंगली जनावर निस्कँदा यात्रा असुरक्षित हुन थालेको चालकहरुले बताएका छन् ।

वन जंगलमा पाइने कन्दमुल र फलफुलका बिरुवा मासिदै जादाँ आहारको अभावमा वन्यजन्तुबारे राजमार्गमा आउने गरेको जानकारहरु बताउँछन् ।

राजमार्गमा हिड्ने यात्रुहरुले रमाइलोका लागि बाँदरलाई खानेकुरा दिंदा सडकमा बाँदरको संख्या बढ्ने गएको ट्राफिक प्रहरीले जनाएको छ ।