Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने


0
Shares

काठमाडौं । भारतले सिन्धुपाल्चोकका थप तीन गुम्बा पुर्ननिर्माण गर्ने भएको छ ।

भारत सरकारले २०७२ को भूकम्पले भत्काएका सिन्धुपाल्चोकका चिरी घ्याङ, मेलम्ची घ्याङ र तार्के घ्याङ पुर्ननिर्माण गर्ने भएकाे हो ।

पुर्ननिर्माण प्राधिकरण र भारतीय राजदूतावासबीच गुम्बा निर्माणमा बुधबार सम्झौता भएको वाग्मती प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिनुभयाे ।

हस्ताक्षर कार्यक्रममा पूर्व अर्थराज्य मन्त्री डा. लार्केल लामा, वाग्मती प्रदेश सभा सदस्य लामा र भारतीय दुतावासका तर्फबाट विकास साझेदारी उपसचिवको सहभागिता थियो ।

भूकम्पपछिको भत्काएका नेपालका ८ वटा जिल्लाका २८ वटा सांस्कृतिक परियोजनाहरु भारतले पुर्ननिर्माण गर्ने भएको छ ।

तीन गुम्बा निर्माणका लागि भारतले ५० लाख अमेरिकी डलर सहयोग गरेको छ ।

ह्योल्मो र तामाङ् समुदायको बासस्थान भएको उक्त क्षेत्रमा गुम्बा पुर्ननिर्माणले पर्यटन प्रवर्द्धनका सहयोग गर्ने अपेक्षा गरिएको छ ।