१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुनको भाउ घट्यो


0
Shares

काठमाडौं । सोमबार पनि सुन चाँदीको भाउमा सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले कमी आएर ७० हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि ६ सयले घटेर ७० हजार २ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ८ सय ४० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रति औंन्स १४ सय ९२ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।