२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार न्यून


0
Shares

काठमाडौं । पछिल्ला दिन वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सोमबार भने दोहोरो अंकको सुधार आयो । कारोबार भने न्यून रह्यो ।

उतारचढाव बिच बजार परिसुचक नेप्से १० अंकले उकालो लागेर ११  सय ३५ पुग्यो ।

यसदिन कारोबार भएका सबैजसो समुहमा सुधार आएसँगै नेप्से पनि सुधारिएको हो ।

यसदिन जीवन बिमा समुह सबैभन्द उच्च ७१ अंकले उक्लदा निर्जिवन बिमा समूह पनि ६६ अंकले बढ्यो ।

होटल, उत्पादनमुलक र जलविद्युत समुहमा दोहोरो अंकको सुधार आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५७ कम्पनीको ६३ लाख ३९ हजार कित्ता शेयर जम्मा १६ करोड ६८ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।