रोल्पाको लुग्री खोलामा बस खस्दा २ जनाको मृत्यु • Image Khabar Image Khabar


रोल्पाको लुग्री खोलामा बस खस्दा २ जनाको मृत्यु


Imagekhabar
१३ आश्विन २०७६, सोमबार १५:५२

रोल्पाको लुग्री खोलामा बस खस्दा २ जनाको मृत्यु

रोल्पा । रोल्पाको लुग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ ।

आर्शिवाद यातायात प्रालिको बस सुनील स्मृति गाउँपालिका वडा नम्बर ३ रुइनीबाङ जिप पार्क नजिकै दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गाडी चालक लुग्री गाउँपालिका ३ सिमेगिठाका २५ बर्षिय यामबहादुर घर्तिमगर र लुग्री गाउँपालिका वडा न. २ का सुर्यलाल घर्तिमगर छन् ।

गाडी व्याक गर्ने क्रममा सडकबाट करीव २ सय मिटर तल लुग्री खोलामा खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गाडीमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्