Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


गरिबी निवारण कोषलाई नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, असोज १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भइ गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिंक ट्यांक’कारूपमा रूपान्तरित हुन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ, त्यसकोसमेत लेखाजोखा गर्न आग्रह गर्दै अनुदान दिएरमात्र नभइ नीतिगत परिवर्तनमार्फत् गरिबी उन्मूलन गराउन निर्देशन दिएका हुन् ।

कोषका उपाध्यक्ष निर्मल भट्टराईकाअनुसार बैठकमा कोषलाई थिंक ट्यांककारूपमा विकास गर्ने, चालू आवका लागि रु पाँच करोडको बजेट स्वीकृत गर्ने र विश्व बैंकको सहयोगमा सन्चालित रु १९ अर्बको बजेटलाई पुनर्संरचना गरी स्थानीय तहमार्फत् कार्यक्रम सन्चालन गर्ने निर्णय भएको छ । रासस