Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


प्रचण्ड र माधव नेपाललाई होला, देशलाई संकट परेको छैन– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संकट नपरेको बताउनुभएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्षा गर्दै उहाँले देशलाई नभएर नेपाल र प्रचण्डलाई संकट परेको बताउनुभएको हो ।

मंगलबार काठमाडौंमा भएको रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्यो भन्न नहुने धारणा राख्नुभयो ।

‘देशमा संकट पर्या छ रे,’ उहाँले भन्नुभयो, ‘केपी ओलीलाई संकट पर्या होला, प्रचण्डलाई संकट पर्या होला, माधव नेपाललाई संकट पर्या होला, देशलाई कहाँ पर्यो संकट ?’

दर्शकदिर्घातर्फ प्रश्न गर्दै उहाँले थप्नुभयो, ‘तपाईंहरूलाई के मा संकट पर्यो भन्नुस् त ? तनखा आएन कि ?, जागिर गयो कि ?, मजदुर, किसान, व्यवस्था, संविधानमा कहाँ संकट पर्यो ?’

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा संकट नपरेको जिकिर गर्दै चुनाव भएर संकट पर्ने हो भने २० महिनापछि देशमा संकट पर्ने हो भन्दै प्रश्न गर्नुभयो ।