३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


शेयर बजारमा गिरावट


0
Shares

काठमाडौं, असोज १२ । साताको पहिलो दिन आईतबार शेयर बजारमा गिरावट आएको छ ।

उतारचढाव बीच बजार परिसुचक नेप्से ४ अंकले ओर्लिएर ११२५ मा आएर थामियो । यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आयो ।

यसदिन विकास बैंक र अन्य समूह सामान्य अंकले हरियो रहे । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ६३ अंकले ओर्लियो ।

यस्तै जीवन बिमा, उत्पादनमुलक, होटल समूहमा पनि दोहोरो अंकको गिरावट आयो । यसदिन कारोबार भएका १५६ कम्पनीको ९ लाख २४ हजार कित्ता शेयर २४ करोड १४ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।