१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घट्यो


0
Shares

काठमाडौं, असोज १२ । लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला रु ६०० ले घटेको छ । 

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५०० मा कारोबार भएकोमा आज भने प्रतितोला रु ६९ हजार ९०० मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ६०० ले घटेको हो । 

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

यस्तै, चाँदी पनि शुक्रबारको तुलनामा रु १५ ले घटेर प्रतितोला रु ८४५ मा कारोबार भएको छ । (रासस)