१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024


सातौं ‘मेड इन नेपाल’ मेला सकियो, युवा उद्यमी उत्साहित


0
Shares

काठमाडौं । राजधानीमा आयोजित सातौँ संस्करणको मेडइन नेपाल एक्सपो शनिबार सम्पन्न भएको छ ।

मेला अत्यन्त सफलताका साथ सम्पन्न भएको आयोजक नेपाली युवा उद्यमी मञ्चले जनाएको छ ।

मेलाको ४ हजार ५ सय भन्दा बढीले अवलोकन गरेको र अपेक्षा गरिए अनुसार कारोबार भएको मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष निकोलश पाण्डेले मेलामा क्वान्टिटीलाई भन्दा क्वालिटिलाई ध्यान दिएको बताए । त्यसमा आफूहरु सफल भएको उनको भनाई छ ।

ब्यापार गर्ने उद्देश्य भन्दा पनि नेपाली युवा उद्यमीकोे उत्पादन बारे जानकारी गराउन मेला आयोजना गरिएको थियो, त्यसमा सफल भएको मञ्चले जनाएको छ ।

मेलामा १५ जना युवा उद्यमीलाई निःशुल्क स्टल दिएर प्रोत्साहन गरेको पनि अध्यक्ष पाण्डेले बताए ।

मेलामा स्वदेशी उत्पादनका करिब सय वटा अवलोकन कक्ष राखिएको थियो ।

नेपाली युवा उद्यमी मञ्चले विगत ७ वर्षदेखि निरन्तर मेडइन नेपाल प्रदर्शनी गर्दै आएको छ ।