Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


चिनियाँ अनुदानको आठ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने


0
Shares

काठमाडौं । चीनले अनुदानमा दिने आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार नेपाल आउने भएको छ ।

बेइजिङमा तयार अवस्थामा राखिएको खोप सोमबार नेपाल आइपुग्ने भएको हो । खोप लिनका लागि चार्टर विमान आइतबार बिहान चीन जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनले १८ माघमा तीन लाख खोप सहायता गर्ने बताएपनि १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।

नेपालले हालसम्म २३ लाख डोज खोप प्राप्त गरेको छ । भारतले १० लाख डोज अनुदान दिएको थियो भने कोभ्याक्स सुविधामार्फत २२ लाख घोषणा गरेको भएपनि ३ लाख ४८ हजार डोज प्राप्त भएको छ ।

त्यसैगरी सरकारले सिरमसँग २० लाख खरिद गर्न ९३ करोड ६० लाख अग्रिम भुक्तानी गरेको भएपनि १० लाख मात्र प्राप्त भएको छ।

अनुदान तथा खरिद गरिएको खोप समेत गरेर हालसम्म प्राप्त जम्मा २३ लाख ४८ हजार डोज खोप मध्ये १६ लाख ७३ हजार डोज खोप प्रयोगमा आएको छ । त्यसैगरी ६ लाख ७४ हजार प्रयोगमा आउन बाँकी छ भने चिनियाँ अनुदानको ८ लाख डाेज खोप आउन बाँकी रहेको छ ।

नेपालमा खोप अभियान माघ १४ गतेबाट सुरु भएको थियो । पहिलो डोज लगाएको बढीमा आठ सातामा दास्रो डोज लगाउनुपर्ने हुन्छ । त्यही अनुसार दोस्रो डोज १२ सातापछि वैशाखमा लगाउन सुरु गरिने छ ।