
इलाम । इलाममा साउन पहिलो साता हुँदा पनि जम्मा ४० प्रतिशत मात्र धान रोपाईं भएको छ ।
धानखेती हुने १६ हजार हेक्टर जमीन मध्ये ६ हजार ३९८ हेक्टरमा मात्र रोपाईं सकिएको कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष पनि यो समयसम्म ३६ प्रतिशत हाराहारीमा रोपाईं भएको सूचना अधिकारी दिनकरमणि आचार्यको भनाई छ ।
जिल्लाका अधिकांश ठाउँमा आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ ।
यस बर्ष सुरुवाती महिनामा धेरै पानी परेपनि धान रोप्ने समय असारमा भने कम पानी परेको हो ।
जिल्लामा धेरै धान उत्पादन हुने क्षेत्र माई नगरपालिका, चुलाचुली गाउँपालिका, देउमाई नगरपालिका हुन् ।
इलाममा ६३ हजार २९५ हेक्टरमा जमिनमा खेती हुने भए पनि १५ हजार ९९५ हेक्टर जमिनमा मात्र धान खेती हुने गर्छ ४४ हजार ९४० हेक्टर पाखो जमिन छ ।
सरकारले विभिन्न जातका धानको बिऊ सिफारिस गरे पनि इलाममा राधा र मनसुली जातका धानमा कृषकको बढी आकर्षण छ ।
प्रतिक्रिया दिनुहोस्