Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


भारतद्वारा कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन निर्माण


0
Shares

काठमाडौं ।  भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले काठमाडौं महानगरपालिका– १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत पीताम्बर अधिकारीलगायत विभिन्न राजनीतिक दलका नेता तथा सामुदायिक अगुवाहरुको उपस्थितिमा भवन उदघाटन गरिएको हो ।

सन् १९८९ मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको  विद्यालय सामुदायको सहयोगबाट सञ्चालित छ ।

हाल आठसय बढी विद्यार्थी रहेको विद्यालयमा भारत सरकारको ३.८६ करोड नेपाली रुपैंयाँ अनुदान सहयोग उपलब्ध गराएको हो ।

तीन तल्ले नयाँ विद्यालय  भवनमा २० वटा कक्षा कोठा लगायत प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालय, अण्डरग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था गरिएको छ ।