Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


जिससको मिलोमतोमा नदी दोहन गर्दै ठेकेदार, गाउँपालिकाको अनुरोधलाई टेर्दैै टेर्दैन


0
Shares

कपिलवस्तु । विजयनगर गाउँपालिकामा जिल्ला समन्वय समितिको मिलोमतोमा ठेकेदारले नदीजन्य पदार्थ निकासीमा मनोमानी गरिरहेको पाइएको छ ।

गाउँपालिका भित्र रहेको विशुवा, गंगटे, जवाबैराठ खोलामा नियमविपरित स्काभेटर प्रयोग गर्दै नदी दोहना गर्दा पनि सम्बन्धित पक्ष मौन बसेको छ । गंगटे नदीमा ठेक्का पाएका दिभु निर्माण सेवाले नियम विपरित स्काभेटर प्रयोग गर्दै नदी दोहन गरेपछि गाउँपालिकाले कमजोरीलाई सच्याउन पटक–पटक आग्रह गरे पनि ठेकेदार पक्षले अटेर गरेको छ ।

विजयनगर गाउँपालिकामा पर्ने खोला तथा नदी दोहन भइरहँदा अध्यक्ष गोपालबहादुर थापाकै संलग्नताको आशंका गरिएपनि उहाँ आफू संलग्न नरहेको स्पस्ट पार्नुभएको छ । आफ्नो संलग्नता पुष्टि भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको उहाँले बताउनुभयो ।

आफूहरूले पटक–पटक डम्पिङ्ग नर्गन र औजार प्रयोग नगर्न भने पनि ठेकेदारले लुकीछिपी चोरी निकासी बढाएको अध्यक्ष थापाको भनाइ छ । जिल्ला समन्वय समितिले गाउँपालिकालाई खबर नै नगरी खोलामै डम्पिङ्गलाई नापजाँच गरी निकासी दिएकोले समस्या उत्पन्न भएको उहाँले बताउनुभयाे ।

जिल्ला समन्वय समितिका अध्यक्ष नरायण खनालले भने डम्पिङ्ग गर्ने जग्गाको व्यवस्था गाउँपालिकाले उपलब्ध गराउनुपर्ने भए पनि नगराएपछि खोलामै डम्पिङ्ग नापिएको बताउनुभयो । ‘डम्पिङ्गको जग्गा गाउँपालिकाले उपलब्ध गराउनुपर्ने कानुनमा उल्लेख छ,’ उहाँले भन्नुभयो, ‘उपलब्ध नगारएपछि हामीले खोलामै डम्पिङ्ग नापिदिएका हौं ।’

नदी जन्य उत्खनन् मापदण्डविपरित नहुँदा पर्यावरणीय प्रणालीमा नै असर पुग्ने भएकाले यसले बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक विपत्तिलाई मलजल गरिरहेका छन् । त्यसैले गैराकानुनी तरिकाले भइरहेको नदीदोहनलाई रोकी कानुनी दायरमा ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।