
काठमाडौं, असोज ११ । ललितपुरको सानेपास्थित एक कारखानामा दुर्गालगायत अरु देवदेवीको मूर्तिहरु बनाउन यतिबेला कलाकारहरु तल्लिन छन् ।
उनीहरुले बडादसैंका लागि मूर्ति बनाइरहेका हुन् ।
गणेश मूर्ति बनाउने कारखाना नाम दिइएको कारखानामा मूर्ति बनाउन उनीहरुलाई भ्याइ–नभ्याइ छ ।
बडादसैंको घटस्थापनामा ती मूर्तिहरु स्थापना गर्ने र बडादसैंको टीका सकिएपछि खोलामा विसर्जन गर्ने चलन छ ।
तराई र भारतीय नागरिकहरुहरुमा यस्तो चलन रहेको छ ।
मूर्ति बनाउनेहरु पनि भारतबाट नै आएकाहरु छन् । ती मूर्तिहरु बिक्रीबाट उनीहरुले राम्रो आम्दानी गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्