Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


वायु प्रदूषणका कारण विमानस्थल ठप्प


0
Shares

काठमाडौं । वायु प्रदूषणका कारण आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको छ।

प्रदूषण बढेर कम भिजिबिलिटी भएका कारण शनिबार हुने सबै उडान तथा अवतरण प्रभावित भएको त्रिभूवन विमानस्थलले जनाएको छ।

विमानस्थल टावर कन्ट्रोलका अनुसार उडानको लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै हुँदा शनिबार बिहानैदेखि उडान प्रभावित भएको छ ।

सामान्य अवस्थामा बिहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेका थिए, भने शनिबार विमानस्थल ठप्प छ। कुन समयमा उडान अवतरण सुरु हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने तर भिजिबिलिटी निगरानी गरिरहेको विमास्थलका अधिकारीहरु बताउछन् । शुक्रबार दिउँसोदेखि काठमाडौँको वायुमा धुँवा मिसिँदा धुम्मिएको छ।