इसुजुको नयाँ शोरुम सन्चालनमा • Image Khabar Image Khabar


इसुजुको नयाँ शोरुम सन्चालनमा


Imagekhabar
१० आश्विन २०७६, शुक्रबार २०:५७

इसुजुको नयाँ शोरुम सन्चालनमा

काठमाडौं, असोज १० । काठमाडौंस्थित गैरीधारामा जापानी गाडी इसुजुको नयाँ शोरुम खुलेको छ ।

नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सन्चालनमा ल्याएको शोरुमको नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार उद्घाटन गरे ।

इसुजुको नेपालमा यो ११औं शोरुम रहेको जनाइएको छ ।

कन्टिनेन्टलका अध्यक्ष सुहृदराज घिमिरेले इसुजुका चार मोडलका गाडी नेपाल भित्र्याएको जानकारी गराए ।

इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरि १५ ओटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्