Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


‘बेनीको बजार’का गायक टीकाबहादुर श्रेष्ठको निधन


0
Shares

काठमाडौं । लोक गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।

मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित ७५ वर्षका श्रेष्ठको बुटवलमा निधन भएको हो ।

श्रेष्ठको बेनीको बजार,जता माया उतै छ नजर बोलको गीत निकै चर्चीत गीत हो ।

२०३१ सालमा रेडियो नेपालमा रेर्कर्ड भएको यो गीतामा श्रीमती मुना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको छ ।

यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा रहेको पाइन्छ । श्रेष्ठले अन्य थुप्रै गीतमा गाउनुभएको छ ।