 
	    काठमाडौं, असोज १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिस्ट पार्टीबाहेक अरु कुनै पार्टीले सरकार चलाएर देशको भलो नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देश विकासका लागि नेकपाको विकल्प नरहेको बताए ।
राजतन्त्रलाई भूतप्रेतको संज्ञा दिँदै दाहालले आफूहरु ‘भूतप्रेतलाई जमिनमुनि पुरेर सत्तामा आएकाले भूत मन्साउन पनि सिपालु’ रहेको बताए ।
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले क्रान्ति गर्नुभन्दा त्यसपछिको उपलब्धिको संरक्षण गर्नु चुनौतीपूर्ण रहेको बताए ।
जनताको जनवाद हुँदै आफूहरु समाजवादतर्फ उन्मुख भएकोबेला केही विरोधका स्वरहरु सुनिन थालेको उनको भनाइ थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्