Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


दक्षिणकालीमा सनराइजकाे क्यूआर कोडबाट भुक्तानी सेवा सुरु


0
Shares

काठमाडौं, चैत १२ । सन्राइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ ।

बिहीबार एक कार्यक्रका बीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले यस सेवाको शुभारम्भ गर्नुभएको हो ।

योसँगै उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पूजा सामाग्री, चिया नास्ता तथा अन्य सामाग्रीहरुको खरिद रकमको भुक्तानी गर्न सक्ने भएको बैंकले जनाएको छ ।

ग्राहकहरुको सहजताको लागि बैंकले मन्दिर परिसरमा ँचभभ ध्षष् को समेत व्यवस्था गरेको जनाएको छ ।